Logo

‘स्पट फिक्सिङ’ प्रकरण : सीआईबीले सरकारी वकील कार्यालयमा बुझायो फाइल



काठमाडौं, ३ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’ भएको भन्दै आफ्नो अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा बुझाएको छ।

सीआईबीले स्पट फिक्सिङमा १२ जना दोषी भएको आरोप लगाएको छ। सीआईबीले सेभेन थ्री स्पोर्टसका मालिक जतिन अलुवालिया, नितेश गुप्ता, पूर्वखेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम, अभिषेक सकलानी, राहुल शर्मा, एन्ड्रिउ म्याकर्थी, रवि माझी, समिर शेख, वीरेन्द्र साह, विकास धामी र नवीन कँडेललाई प्रतिवादी बनाएर सकारी वकील कार्यालयमा प्रतिवेदन बुझाएको हो।

सीआईबीले यसअघि स्पट फिक्सिङ गरेको भन्दै नितेश गुप्ता, पूर्व खेलाडी महबुब आलम र खेलाडी मोहम्मद आदिल आलमलाई पक्राउ गरेको छ।

नेपाल टी-२० लिग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुस ९ गतेदेखि २७ गतेसम्म चलेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot