Logo

धनगढीमा सुरुभयो नेविसंघको स्ववियु निर्वाचन लक्षित दुई दिने प्रशिक्षण



कैलाली, फागुन ६ । कैलालीको धनगढीमा नेपाल विद्यार्थी संघको स्ववियु निर्वाचन लक्षित प्रशिक्षण सुरु गरिएको छ। धनगढी–३ मा रहेको सौराइ स्वायरमा प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो।

‘प्रतिष्ठत नेविसंघका लागि प्रशिक्षित नेतृत्व’ भन्ने मुल नाराका साथ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा आर्जु राणा देउवाको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भएको नेविसंघ कैलालीले जनाएको छ।

प्रशिक्षण समितिका संयोजक तथा नेविसंघ कैलालीका अध्यक्ष मनिश कुवँरका अनुसार सुदू्रपश्चिम प्रदेश स्तरिय प्रशिक्षण दुई दिनसम्म चल्ने छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि देउवाले विद्यार्थी संगठन बलियो भए मात्रै पार्टी बलियो हुने र पार्टीलाई बलियो बनाउन सबैले आ–आफ्नो ठाउँमा सहयोग गर्न आग्रह गरेकी छन् ।

कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, नेपाली कांग्रेस प्रदेश सभापति तथा केन्द्रीय सांसद वीरबहादुर बलायर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिवन राना, शुशिला मिश्र भट्ट, नेवि संघका केन्द्रीय अध्यक्ष जुधाङ शेर्पा लगायतका नेता तथा कार्यक्रताको उपस्थिति रहेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot