Logo

स्वास्थ्य बीमा हटेपछि बिरामीलाई सास्ती



काठमाडौं, फागुन ९ । नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमको प्रथम बिन्दु झापाको दमकस्थित आम्दा अस्पतालबाट हटाइपछि बिरामीलाई बीमाको सेवा पाउन सास्ती भएको छ ।

आम्दा अस्पतालबाट दुई वर्षअघि प्रथम बिन्दु हटाइएपनि बिरामी आउने क्रम रोकिएको छैन । अहिले पनि बिरामीहरू प्रथम बिन्दुको रूपमा नै कायम रहेको ठानेर उपचारका लागि अस्पताल आउने गरेका हुन् । पहिलो बिन्दुबाट सिफारिश अनिवार्य गरेपछि बिरामी अप्ठेरोमा पर्ने गरेका छन् । आम्दा अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष नगरपालिकाका प्रमुख हुने व्यवस्था छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा प्रकाश शर्माले सिफारिश भएर आएका बिरामीलाई मात्र उपचार गरेको बताए । उनले भने, “आपत्कालीन उपचार र अन्यत्रबाट रेफर भएर आएका बिरामीलाई भने सेवा दिइरहेका छौँ ।”

प्रथम बिन्दुका रूपमा आफूहरूले सुरुवातदेखि नै सेवा दिए पनि अचानक सरकारले प्रथम बिन्दुबाट हटाएको उनको भनाइ छ । पछिल्लो समयमा सम्बन्धित निकायले प्रथम बिन्दुका रूपमा मान्यता दिने बारम्बार बताए पनि अहिलेसम्म नपाएको उनले जनाए । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot