Logo

उपेन्द्रसँग निर्णायक छलफलमा प्रधानमन्त्री दाहाल, सिंहदरबारमा वार्ता सुरु



काठमाडौं, ११ फागुन । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् । दुई नेताबीचको भेटवार्तामा दुवै दलबाट प्रभावशाली नेताहरु पनि सहभागी छन् ।

माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव शक्तिबहादुर बस्नेत सहभागी छन् । उता, जसपाबाट भने नेता राजेन्द्र श्रेष्ठ सहभागी छन् । उनीहरुबीचको छलफलमा नयाँ समिकरण बनाउनेबारे छलफल हुने बताईएको छ। राष्ट्रपतिको निर्वाचनको मुखमा प्रधानमन्त्री दाहालको सक्रियता ह्वात्तै बढेको छ।



प्रतिक्रिया दिनुहोस्