Logo

विश्वकप लिग २ : नेपाल भोलि पपुवा न्युगिनीसँग भिड्ने



काठमाडौं, १४ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सोमबार(भोलि) नेपाल पपुवा न्युगिनीसँग भिड्ने भएको छ।

यूएईमा नेपाली समयअनुसार भोलि बिहान ११:४५ बजे देखि खेल सुरू हुनेछ।

नेपालले घरेलु टोली युएइ तथा पपुवा न्युगिनिसँग खेल्नेछ। नेपालले फागुन १५ मा पपुवा न्युगिनीसँग खेल्नेछ भने फागुन १८मा घरेलु टोली युएइसँग खेल्नेछ।

यस्तै, फागुन १९ मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा फागुन २२ मा घरेलु टोली यूएईसँग खेल्नेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot