Logo

रामचन्द्र पौडेल राष्ट्रपति भैसक्नुभएको छः कांग्रेस नेता



काठमाडौं, फागुन १५ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद प्रदीप पौडेलले केपी शर्मा ओलीले आठ दलीय गठबन्धन भत्काउन नसक्ने दाबी गरेका छन् ।

‘तर्कभन्दा पनि तथ्यलाई हेर्दा आठ दलीय गठबन्धन केपी आलीले भत्काउन सक्नुहुन्न । अब उहाँको अस्त्र कामयाब हुँदैन । किनभने रामचन्द्र पौडेल झन्डै ६ हजार मतभारले अगाडि हुनुहुन्छ । उहाँ राष्ट्रपति भैसक्नुभएको छ ।’ रेडियो एनआरएनको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै पौडेलले भने ।

नेता पौडेलले आठ दलीय गठबन्धनको पहिलो प्रयोग राष्ट्रपति निर्वाचनमा हुने र प्रदेश तथा संघीय सरकारमा फेरबदल आउने औल्याए । गठबन्धनको सहमति अनुसार पाँच वर्षमा सरकारको नेतृत्व परिवर्तन हुने पनि उनले बताए ।

उनले भने, ‘संसदमा कुनै दलको बहुमत छैन । त्यसैले गठबन्धनका सबै दलको सम्मान गर्नुपर्छ । त्यस अनुसार प्रधानमन्त्री फेरबदल हुन सक्छ । तर व्यक्ति परिवर्तन भए पनि योजना र कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot