Logo

रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन उडान



गुल्मी, फागुन १५ । जिल्लाको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन दिन उडान हुने भएको छ । आइतवार रेसुङ्गा नगरपालिका र नेपाल वायुसेवा निगमसँग नियमित उडान गर्ने बारे सम्झौता भएको हो ।

नेपाल वायुसेवा निगमद्वारा शुरुमा हप्तामा एक दिन उडान गरेपछि हप्तामा तीन दिनसम्म पुर्‍याउने योजना रहेको छ । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ । विमानस्थल पुग्न जिल्ला सदरमुकाम तम्घासबाट करिव पाँच मिलोमिटर कच्चीबाटोको यात्रा गर्नुपर्दछ ।

विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको जहाजले धुले उडान गरेको थियो । पुनः गत महिनाको पुस २४ मा तारा एयरको १८ सिट क्षमताको जहाजले सफल प्रदर्शन उडान गरेको थियो । प्रदर्शन उडानपछि गुल्मेलीहरु नियमित उडान हुन्छ भन्ने आशा जगायो ।

२०६३ सालमा रेसुङ्गा विमानस्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदिप ज्ञवालीले गरेका थिए । तर २०६३ सालमा शिलान्यास भएपनि विमानस्थलको निर्माणको काम २०७२ पछि मात्र सुरु भएको थियो ।

रेसुङ्गा विमानस्थल धावनमार्गको ५ सय २० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ । १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिकरण गरिएको थियो ।

गुल्मी जिल्ला धार्मिक तथा पर्यटकीय क्षेत्रहरु धेरै रहेकाले विमानस्थल सञ्चालनमा आए आन्तरीक तथा बाह्य पर्यटकहरु भित्रिने अपेक्षा गरिएको छ ।

विमानस्थलबाट नियमित उडान भए गुल्मेली र छिमेकी जिल्लाहरुका नागरिकहरु सिद्धबाबाको जोखिमपूर्ण अवस्था यात्रा गर्नुपर्ने बाध्यता अत्य हुने स्थनीयको अपेक्षा रहेको छ ।

विमानस्थल सञ्चालनमा आएसँगै गुल्मी जिल्लासंगै जोडिएका जिल्लाहरु अर्घाखाँची, प्यूठान, बाग्लुंग, पाल्पा र स्याङजा जिल्ला सम्मका नागरिकले सेवा लिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot