Logo

राष्ट्रपति भवनमा आज चियापान समारोह



काठमाडौं, चैत ४ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद र सातै प्रदेशसभा सदस्यको सम्मानमा अहिले बिहान ९ बजे राष्ट्रपति भवन शितल निवासमा चियापान समारोहको आयोजना गरेका छन् ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपप्रधानमन्त्री, मन्त्री, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यलाई आमन्त्रण गरिएको छ ।

फागुन २९ बाट राष्ट्रपति पदको पदभार सम्हालेका राष्ट्रपति पौडेलले उपराष्ट्रपतिको निर्वाचनमा सहभागी हुन सबै सांसद काठमाडौं आएको समय पारेर चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot