Logo

दूधमा वार्षिक छ करोडभन्दा बढीको ठगी गर्दै डीडीसी



काठमाडौं, चैत ६ । दुग्ध विकास संस्थान (डीडीसी)ले स्ट्यान्डर्ड दूध (नीलो पोका)को प्रतिलिटर ९७ रुपैयाँ निर्धारण गरेको छ । बजारमा पाइने उपलब्ध एक पोका (आधा लिटर)को मूल्य ४८ रुपैयाँ ५० पैसा तोकिएको छ तर उपभोक्ताले यसलाई ५० रुपैयाँ तिर्नु परिरहेको छ ।

काठमाडौँ, बुद्धनगरकी कविता थापाले भने, “डीडीसीको दूध गुणस्तरीय हुन्छ भनेर दिनमा दुई प्याकेट (एक लिटर) खरिद गर्छु । पसलेले एक सय रुपियाँ नै लिन्छन् ।”

थापा त एक जना प्रतिनिधि मात्र हो । आमउपभोक्ता दूध खरिद गर्दा बढी पैसा तिर्न बाध्य छन् । डीडीसीले खुद्रा मूल्य पोकामा लेख्ने गरे पनि उपभोक्ता खुद्रा व्यापारीबाट ठगिने गरेका छन् । दूध वितरण गर्ने बुथले पनि खुद्रा मूल्य ५० नै लिने गरेको छ ।

खुद्रा बिक्रीमा उपभोक्ता ठगिने गरेका हुन् । उपत्यकामा एक हजार दुई सयवटा बुथबाट दूध वितरण हुने गर्छ । दूध वितरणका लागि बुथलाई डीडीसीले प्रतिलिटरमा पाँच रुपियाँ कमिसन दिने गर्छ तर बुथले समेत खुद्र बिक्रीमा बढी मूल्य लिई ठग्ने गरेको उपभोक्ताको गुनासो छ ।

बजारमा वितरण हुन प्रशोधित दूधमा दिनहुँजसो उपभोक्ता ठगिने गरेका छन् । खुद्रा व्यापारीले दुग्ध विकास संस्थानले (डीडीसी)ले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्य लिई उपभोक्ता ठग्ने गरेका हुन् ।

स्ट्यान्डर्ड दूध (नीलो पोका) र गाईको दूध (पहेँलो पोका)मा उपभोक्ता ठगिने गरेको पाइएको छ । गाईको दूध आधा लिटरको प्याकेटमा ५८ रुपियाँ मूल्य निर्धारण गरिए पनि खुद्रा व्यापारीले ६० रुपियाँ मूल्य लिने गरेको उपभोक्ताले गुनासो छ ।

डीडीसीले बजारमा स्ट्यान्डर्ड प्रतिलिटर ९७ रुपियाँ, आधा लिटरको ४८ रुपियाँ ५० पैसा, क्रिम मिल्क प्रतिलिटर १३०, आधा लिटरको ६५ रुपियाँ रहेको छ । गाईको दूध प्रतिलिटर ११६ रुपियाँ र आधा लिटरको ५८ रुपियाँ मूल्य निर्धारण छ । यस्तै कम चिल्लो पदार्थ भएको प्रतिलिटर दूधको मूल्य ९० रुपियाँ र आधा लिटरको मूल्य ४५ रुपियाँ निर्धारण गरिएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot