Logo

संघीय निजामती ऐन अगाडि बढिसक्यो : मन्त्री मोदी



काठमाडौं, १४ चैत्र । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संघीय निजामती ऐन अगाडि बढिसकेको बताएका छन्।

मंगलबार नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विभागीय समितिको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदी ले संघीय निजामती ऐन अगाडि बढिसकेको बताएका हुन्।

धेरै वर्षदेखि संघीय निजामती ऐन आउन सकेको थिएन, मैले पदभार ग्रहणको दिन नै संघीय निजामती ऐन ल्याउँछु भनेको थिए, अहिले सहमतिका लागि कानुन र अर्थमा गइसकेको बताउँदै मन्त्री मोदीले भने, ‘संघीय निजामती ऐन अगाडि बढिसक्यो, संसद्को यही अधिवेशनमा ऐन टेबुल गर्ने मेरो तयारी छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot