Logo

मिटरब्याजको जड सरकार हो : सांसद्‍ अमरेशकुमार



काठमाडौं, १५ चैत्र । प्रतिनिधिसभाका स्वतन्त्र सांसद्‍ अमरेशकुमार सिंहले मिटरब्याजको जड साहु नभइ सरकार भएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद्‍ सिंहले मिटरब्याजको जड नै सरकार भएको बताएका हुन्।

‘मिटरब्याजी पीडितहरु हाम्रो राज्य सञ्चालनको ऐना हो। राज्यले नै ३ थरीको ब्याजतय गरेको छ। मिटरब्याज, माइक्रोफाइनान्सबाट सेन्टिमिटर ब्याज र बैंकबाट मिलिमिटर ब्याज। मिलिमिटर ब्याज उद्योगपतिहरुलाई दिइन्छ। मिटरब्याजको जड साहु होइन सरकार हो,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्

Screenshot