Logo

थप ३८जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं १९ चैत । आइतबार नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७०१ जनाको नमुना परिक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप १४ जना संक्रमण मुक्त भएका छन । योसँगै देशभर पीसीआर विधिबाट पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १९४ पुगेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ५९२ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot