Logo

नेप्सेमा ८ अंकको सुधार,कारोबार भने ८१ करोडमा खुम्चियो



काठमाडौं २० चैत। लगातार रुपमा घटिरहेको सेयरबजार परिसूचांक नेप्सेमा आज सामान्य वृद्धि भएको छ ।

बुधबार नेप्से ८.३९ अंकले वृद्धिहुँदै १८७५.०७ बिन्दुमा उक्लिएको छ । नेप्सेमा वृद्धि भएतापनि कारोबार भने एक अर्बबाट तल झरेको छ । आज कुल ८१ करोड ६०लाख ४६ हजार बराबरको २६ लाख २ हजार कित्ता सेयर कारोबार भएको छ ।

बुधबार बजारमा १४६ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ६४ कम्पनीका सेयरधनीले गुमाएका छन्। त्यस्तै सातवटाको सेयर मूल्य स्थिर छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot