Logo

सरकारलाई भीम रावलको प्रश्न– ‘गठबन्धनको संस्कृति विकास गर्ने भनेको के हो ?’



काठमाडौं, २५ चैत्र । नेकपा (एमाले) का नेता भीम रावलले सरकारका न्यूनतम् साझा नीति तथा कार्यक्रमका बारेमा प्रश्न उठाएको छन् । सरकार नीति तथा कार्यक्रममा प्रायः पुरानै कुरा दोहोरिएको उनको दाबी छ । तर, केही कुरामा भने जिज्ञासा रहेको ृउनले बताएका छन् ।

‘गठबन्धनको संस्कृति विकास गर्ने भनेको के होरु के अबदेखि दलले एक्लै चुनाव लडेर बहुमत ल्याउन नहुने हो,’– रावलले प्रश्न गरेका छन् ।

त्यसैगरी, साझा नीति तथा कार्यक्रममा रहेको संविधान परिमार्जन भन्ने शब्दमा पनि थप प्रष्ट हुन चाहेको उनले बताएका छन् ।

‘नागरिकता ऐन ल्याउने भनिएकोमा नेपाली पुरुषसंग विवाह गर्ने विदेशी महिलाले भारत लगायतका देशहरुले गरेझैं तोकिएको समय (सात वर्ष) सम्म राष्ट्रिय परिचय पत्र दिने र त्यसपछि मात्र नेपाली नागरिकता पाउने व्यवस्था गर्न भनी राज्य व्यवस्था समितिले यस अघि संसदमा पेश गरेको प्रतिवेदन अनुरुप गर्ने हो कि होइन ?’ भनी उनले प्रश्न उठाएका छन् ।



प्रतिक्रिया दिनुहोस्