Logo

कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने एमालेको तयारी



काठमाडौं,२७ चैत । नेकपा माओवादी केन्द्रका नेता राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थनपनि फिर्ता लिने भएको छ ।

नेकपा एमाले प्रदेश संसदीय दलको बैठक बसेर आजै प्रदेश सरकारलाई दिएको समर्थन फिर्तागर्ने तयारी भईरहेको एमाले निकट उच्च स्रोतले बताएको छ ।

१० पुसको समीकरणअनुसार २७ पुसमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ६ माघमा पहिलोपटक विश्वासको मत दिएको थियो । यस्तै १७ चैत्रमा दोस्रोपटक पनि विश्वासको मत दिएको एमालेले समर्थन फिर्ता लिन लागेको हो ।

एमालेले समर्थन फिर्ता लिने तयारी गरेसँगै मुख्यमन्त्री शर्माले नेपालको संविधानको धारा १६८ बमोजिम ३० दिन भित्र पुनः तेस्रोपटक विश्रासको मत लिनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot