Logo

नेपालीलाई भुटानी शरनार्थी बनाउन ठूलै नेताको संलग्नता छ– धनराज गुरुङ



काठमाडौं, २७ चैत्र । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले नेपालीलाई भुटानी शरनार्थी बनाउने कार्यमा ठूलै नेताहरुको संलग्नता रहेको खुल्न आएको बताएका छन् ।

आज (सोमबार) को प्रतिनिधि सभलाई सम्बोधन गर्दै उनले नेपालीलाई भुटानी शरनार्थ बनाएर ठूलै नेताहरुले करोडौं असुली गरेको विषय छानविनको माग गरेका हुन् । उक्त कार्यमा संलग्न व्यक्ति जतिसुकै ठूलो नेता भएपनि कारबाहीको दायरामा ल्याउन गृह प्रशासनले आँट गर्नुपर्ने उनले बताए ।

‘नेपालीलाई भुटानी शरनार्थी बनाइदिने ? लाखौं, करोडौं रुपैया हजारौं जनतासँग उठाइएको समाचारहरु आएका छन् । यसमा ठूलै नेताहरुको पनि नाम जोडिएको छ । ठूलोलाई चैन, सानोलाई ऐन हुन्छ ? होइन भने, जतिठूलै नेताको नाम जोडिएपनि गृह प्रशासन काप्न हुँदैन । गृह प्रशासनले जतिठूलो नेता भएपनि यस घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनै पर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot