Logo

१७ वर्षअघिको तस्विर सेयर गर्दै बाबुरामले भने–टिआरसीसम्बन्धी काम अझै पूरा नहुनु विडम्बनापूर्ण



काठमाडौं, २४ बैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शान्ति प्रक्रियाका काम अझै पूरा नहुनु विडम्बना भएको टिप्पणी गरेका छन् । १७ वर्षअघि नर्वेको ओस्लोमा भएको नेपालको शान्ति प्रक्रियासम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिएको तस्विर सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्–

२०६४ मा नर्वेको ओस्लोमा भएको नेपालको शान्तिप्रक्रिया सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा संयुक्त राष्ट्र संघका महासचिव बान की मून र UNMIN का प्रमुख इयान मार्टीन तथा सामुएल टाम्राटका साथ !

सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगको काम अझै पूरा नहुनु विडम्बनापूर्ण ! नेपाल राज्य र समाजको यो महत्वपूर्ण साझा दायित्व दलीय/निजी सत्तास्वार्थको विषय नबनोस्!



प्रतिक्रिया दिनुहोस्

Screenshot