Logo

जनमतका उपाध्यक्ष खानको पत्रकार सम्मेलन



काठमाडौं, २७ चैत । जनमत पार्टीका उपाध्यक्ष एव पूर्व खानेपानी मन्त्री अब्दुल खानले भोलि(मंगलबार) पत्रकार सम्मेलन गर्ने भएका छन्।

खानले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्ने भएका हुन्।

खानले आफूमाथि लागेको आरोपमाथि प्रस्टपार्न पत्रकार सम्मेलन गर्न लागेका हुन्।

खानमाथि अश्लिल भिडियो रेकर्ड भएको आरोप लागेको छ। यसैविषयमा खानले केही दिन अगाडि नेपाल प्रहरीमा उजुरीसमेत गरेका थिए।

*यसअघि खानको पत्रकार सम्मेलन आजै साझ हुने भनिएकोमा अन्यथा पर्न गएकोप्रति क्षमाप्राथी छौं-सम्पादक



प्रतिक्रिया दिनुहोस्

Screenshot