Logo

प्रमुख प्रशासकीय अधिकृतको सरुवामा मोलमोलाइको आरोप



काठमाडौं, चैत २८ । विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा मन्त्रीको सचिवालयबाट मोलमोलाइ हुने गरेको आरोप लागेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको सचिवालयबाट भन्दै फोन गर्ने र मोलमोलाइ गर्ने गरिएको आरोप पीडित प्रमुख प्रशासकीय अधिकृतले लगाएका छन् । मन्त्रालयले पछिल्ला केही दिनयता विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको धमाधम सरुवा गरिरहेको छ । सरुवाको क्रममा स्थानीय तहको अवस्था हेरेर रकम माग्ने गरिएको दाबी केही कर्मचारीले गरेका छन् ।

कर्मचारीका अनुसार स्थानीय तहको अवस्था हेरेर ३ देखि ५ लाख रुपैयाँसम्म माग्ने गरिएको छ । स्रोतका अनुसार ‘गंैडा सरुवा’मा बढी आर्थिक चलखेल हुने गरेको पाइएको छ ।

निजामती क्षेत्रमा गैडा सरुवा भन्नाले आकर्षकबाट आकर्षक निकायमा नै हुने सरुवालाई मानिन्छ । जस्तो काठमाडौंबाट काठमाडौंकै स्थानीय तहमा र तराईका एक आकर्षक स्थानीय तहबाट तराइकै अर्को आकर्षक स्थानीय तहमा हुने सरुवालाई गंैडा सरुवाको रूपमा लिने गरिन्छ ।

बढी सोर्सफोर्स र भनसुन गर्न सक्ने तथा पैसासमेत खर्च गर्न सक्ने कर्मचारीहरूको गैंडा सरुवा हुने गरेको बताइन्छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot