Logo

अपार्टमेन्टको जग खन्दा जमिनसँगै भासिएको राज्यको मापदण्ड



काठमाडौंं, चैत २८ । ललितपुरको बखुन्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा सरकारले तोकेको भवन निर्माणसम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएको छ ।

महानगरपालिकाको वडा नं १ र २ पर्ने समिट हाईटमा १८ रोपनी क्षेत्रफलमा सो अपार्टमेन्ट बनाउन लागिएको हो।अपार्टमेन्ट बनाउन डोजर लगाएर गहिरो जग खन्दा वरपरका घरहरू भासिएपछि मापदण्ड उल्लंघन गरिएको तथ्य बाहिर आएको थियो।

अपार्टमेन्ट निर्माणको जग खन्दा वरपरका एउटा एउटा घर पूर्ण रूपमा ढलेका थिए भने चारवटा घर चर्किएका छन्। जसका कारण सम्बन्धित घर परिवारको उठीबास भएको छ।

मापदण्ड बिना अपार्टमेन्ट निर्माण गरेको समिट अपार्टमेन्ट (तत्कालीन समिट होटल) लाई हदैसम्मको कानुनी कारबाही गर्न स्थानीयबासी, वडा, महानगरपालिका, संघीय सांसद् सबैतिरबाट आवाज उठेको छ। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा समेत यो चर्चाको विषय बनेको थियो।

यो अपार्टमेन्ट नेपालका अर्बपति एवं चौधरी समूहका अध्यक्ष विनोद चौधरीको स्वामित्वमा रहेको जग्गामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष, पूर्वमन्त्री तथा एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठ र समिट समूहको लगानीमा बन्न लागेको हो।

६ अर्ब रुपियाँ लगानीमा ‘द समिट होटल एन्ड रेसिडेन्सेस्स’ नामको परियोजनाअन्तर्गत उक्त क्षेत्रमा १ सय ३० कोठाको पा“चतारे होटल र १ सय ६० युनिट लक्जरी अपार्टमेन्ट बन्ने र यसका लागि ७ देखि १६ तला सम्मका ७ वटा संरचना बनाउन लागिएको बुझिएको छ।

मापदण्ड अनुसार ईआईए बिना नक्सा पाससमेत नहुने प्रावधान रहेको भएता पनि यति ठूलो संरचना बनाउ“दा वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० गरिएको छैन। बन्दै गरेको अपार्टमेन्टको नक्सा पासको लागि ललितपुर महानगरपालिकामा कुनै निवदेन पनि नआएको पूर्वाधार महाशाखाका प्रमुख एवं वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए ।

अपार्टमेन्ट बन्दै गरेको जमिनको माटो परीक्षण समेत गरिएको छैन । प्राविधिकहरूका अनुसार भवन निर्माणको स्वीकृति भवन निर्माण विभागले दिएपछि बल्ल स्थानीय तहमार्फत नक्साको पासको लागि प्रक्रिया अघि बढ्ने गर्दछ। तर, समिट अपार्टमेन्टले सो प्रक्रिया पूरा नगरी एक महिनादेखि अपार्टमेन्ट निर्माणको काम शुरू गरेको थियो। निर्माण कम्पनीले साँध–सँधियारसँग मञ्जुरी लिनुपर्नेमा छलफलसमेत गरेको छैन ।

वागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयका अनुसार समिट अपार्टमेन्ट बनाउन आवश्यक पर्ने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन पास हुने प्रक्रियामा छ। तर ईआईए पास नहुँदै संरचना निर्माण सुरु गरिएको भेटिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot