Logo

बलात्कार आरोपी न्यायाधीश गिरी पक्राउ



काठमाडौं, २८ चैत्र । बलात्कार आरोप लागेका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन्।

वैवाहिक बलात्कार आरोप लागेका न्यायाधीश गिरीलाई प्रहरीले मंगलबार सामाखुसीबाट पक्राउ गरेको हो।

न्यायाधीश गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा मूद्धा दर्ता गराएकी थिइन्।

जिल्ला अदालत कपिलवस्तुले गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot