Logo

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले गर्यो निर्देशक विकलसहित ९ जनाविरुद्ध मुद्धा दर्ता



काठमाडौं, ३ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको भन्दै विशेष अदातलमा मुद्धा दायर गरेको छ।

अख्त‍ियारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललगायत सिडिई, इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न, मेपटेक विल्डिंग सर्भिसेस, परामर्शदाता वास्तुशिल्प एसोसिएट्ससहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।

अख्तियारले सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरुपयोग गरी सुरक्षण मुद्रणको लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको हुँदा उक्त भ्रष्टाचारजन्य कसुरमा संलग्न राष्ट्रसेवक कर्मचारीहरु र अन्यको हकमा कानून बमोजिम सजायको मागदावी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ तथा दफा ३५ बमोजिम आइतबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जारी गरेको विज्ञप्तीमार्फत जनाएको छ।

कार्यकारी निर्देशक पौडेलले राज्यकोषमा ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ नोक्सान गरेको ठहर सहित मुद्दा दायर गरिएको छ।

विशेष अदालतमा दायर गरिएको उक्त मुद्दामा सबै ९ जनाविरुद्ध कुल २ अर्ब ६९ करोड भन्दा बढी मागदाबी लिइएको अख्तियारले जनाएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot