Logo

सबै छिमेकी देशसँगको सम्बन्धलाई घनिष्ट बनाउँदै लैजानेछौं : नवनियुक्त परराष्ट्रमन्त्री साउद



काठमाडौं, ३ बैशाख । नवनियुक्त परराष्ट्रमन्त्री नारायण प्रकाश(एनपी) साउदले सबै छिमेकी देशहरुसँगको सम्बन्धलाई घनिष्ट बनाउँदै लैजाने बताएका छन्।

शपथ ग्रहणपछि आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री साउदले सबै छिमेकी देशहरुसँगको सम्बन्धलाई घनिष्ट बनाउँदै लैजाने बताएका हुन्।

उनले भने, ‘नेपाल शान्तिप्रेमी देश हो। सबै छिमेकी राष्ट्रहरूसँग विगतदेखि नै हाम्रो सौहार्दपूर्ण र शान्तिपूर्ण सम्बन्ध रहीआएको छ। हामीले आगामी दिनमा पनि सबै छिमेकी देशहरूसँगको सम्बन्धलाई घनिष्ट बनाउँदै लैजानेछौ। नेपाललाई शान्तिप्रिय लोकतान्त्रिक देशको रुपमा विश्वसामु चिनाउने काम गर्नेछौँ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot