Logo

मिटरब्याजी पीडित समूह र प्रहरीबीच झडप



काठमाडौं, ४ बैशाख । मिटरब्याजी पीडित समूह र नेपाल प्रहरीबीच झडप भएको छ।

लामो समयदेखि काठमाडौंमा आन्दोलनरत मिटरब्याजी पीडित समूह र प्रहरीबीच सोमबार झडप भएको हो।

शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितको समूहले सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेसँगै झडप भएको हो।

मिटरब्याजी पीडित समहूले ब्यानरसहित सिंहदरबारमा प्रदर्शनका लागि निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको हो।

झडपमापरि केही मिटरब्याजी पीडित र प्रहरी घाइते भएका छन्। घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot