Logo

कैलालीमा कार्यरत ट्राफिक प्रहरी धामीको दुर्घटनामा मृत्यु



कैलाली, वैशाख १० । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत एक ट्राफिक प्रहरीको दुर्घटनाबाट मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिकाको बोराडाँडीमा बिहीवार साँझ दुर्घटनामा घाइते भएका प्रहरी सहायक हल्दार जनकराज धामीको शनिबार मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार धामी बिहीवार साँझ राजपुरको ट्राफिक बिट जाँदै थिए । मोटरसाइकल चलाइरहेका धामी बोराडाँडीमा गाईसँग ठक्कर खाँदा घाइते भएका थिए ।

घाइते धामीको शनिवार राति धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot