Logo

उपनिर्वाचन अपडेटः चितवन– २ मा अझै सुरु भएन मतगनणा



काठमाडौं, ११ वैशाख । प्रतिनिधि सभा सदस्य चयनका लागि चितवन–२ मा भएको उपनिर्वाचनको मतगनणा अझैं सुरु भएको छैन । मतगनणा सुरु गर्नका लागि सर्वदलीय बैठक बसिरहेको भएपनि सहमति जुट्न सकेको छैन ।

एमाले–कांग्रेसका उम्मेदवारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनको आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनीविरुद्ध कारबाही भएपछिमात्रै मतगनणा प्रक्रिया अगाडि बढाउने अडान लिइरहेका छन् ।

‘अहिले सर्वदलीय बैठक चलिरहेको छ । मतगनणा सुरु गर्नका लागि सहमती जुटेकै छैन,’– नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्