Logo

देशको राजनीतिक क्षेत्र द्धन्द्धग्रस्त र अस्तव्यस्त भयो, हामी विकल्प दिन्छौं : प्रभु साह



काठमाडौं, १५ बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशको विद्यमान राजनीतिक अवस्था नै नाजुक रहेको भन्दै अहिलेको लुटकारी दलतन्त्रको विकल्प खोज्ने बेला आएको औंल्याएका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित पार्टी एकता समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष साहले देशको आर्थिक, सामाजिक र राजनीतिक सबै अवस्था जर्जर बनेको टिप्पणी गरेका हुन् । उनले भने-“यतिवेला मुलुकमा संवैधानिक निकाय निकायबीच नै तनावको स्थिति छ । दलभित्र द्धन्द्ध त्यस्तै हाबी छ । मेयर र उपमेयरबीच बोलचाल छैन् । कतिपय जनप्रतिनिधीहरुबीच कुटाकुटको स्थिति छ । राजनीतिक क्षेत्र द्धन्द्धग्रस्त बनेको छ । यो क्षेत्र एक किसिमले भन्ने हो भने अहिले अस्तव्यस्त छ । बन्द व्यापार बन्द हुँदैछन् । रोजगारीको अवस्था छैन् । पैसाको हाहाकार छ । देशको आर्थिक स्थिति जर्जर बनेको छ । सरकारले टार्गेट गरेको राजस्व उठेको छैन् । वैदेशिक सहायता आएको छैन् ।”

उनले देशको बर्बादीको अवस्थालाई रोक्नको लगि विचार मिल्नेहरुसँग एकता गर्दै आफूहरु अघि बढ्ने र देशमा बदलाव ल्याउने विश्वास दिलाए । उनले अहिलेका सिण्डकेटधारी राजनीतिक दल र ती दलका ठूला भनाउँदा नेताहरुको भूमिकाको कारण आम जनता चरम निराशामा देखिएको भन्दै उनीहरुमा आशाको सञ्चार गराउनको लागि पनि आफूहरुले सक्रिय र सकारात्मक भूमिका खेल्ने वाचा गरे ।
उनले अहिलेको राजनीतिक व्यवस्थालाई लुटकारी व्यवस्थाको संज्ञा दिँदै यसको अन्त्यको लागि तेस्रो जनआन्दोलन आफ्नो दलको अगुवाईमा सुरु भैसकेको पनि उद्घोष गरे । उनले भने-“यदि देशमा लोकतन्त्र बचाउने हो । बेइमान राजनीतिलाई इमानदार राजनीतिको रुपमा रुपान्तरण गर्ने हो भने अब अन्तिम संघर्ष गर्ने बेला आएको छ । विचार मिल्ने प्रगतिशिल पार्टीहरुबीच बृहत्त ध्रुवीकरण र एकता जरुरी छ । आज हाम्रो यो पार्टी एकताले पनि त्यही सन्देश दिएको छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot