Logo

नेपालविरुद्धको खेलमा कतारलाई दोस्रो झट्का



काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको कतारलाई दोस्रो झट्का लागेको छ ।

२.२ ओभरमा पहिलो विकेटको रुपमा कम्रान खानलाई गुमाएको कतारले ५.६ओभरमा इमाल लियाङ्गेलाई गुमाएको छ ।
६ रन बनाएर खेलिरहेको उनी सोमपाल कामीको बलमा आउट भएका हुन् । गराएका हुन् ।

प्रतियोगीताबाट बाहिरिसकेको कतारलाई आजको खेल केवल प्रतिष्ठाको हुनेछ भने नेपालले यसअघि नै सेमिफाइनलको यात्रा तय गरिसकेको छ ।

ताजा अवस्थामा कतारले ७ ओभरको समाप्तीमा दुई विकेट गुमाउँदै ३१ रन बनाएर खेलिरहेको छ । file photo 



प्रतिक्रिया दिनुहोस्

Screenshot