Logo

प्रतिनिधिसभा : हिउँदे अधिवेशनको अन्तिम बैठक जारी



काठमाडौं, १५ बैशाख । प्रतिनिधिसभामा अहिले हिउँदे अधिवेशनको अन्तिम बैठक बसिरहेको छ।

आज(शुक्रबार)को बैठक हिउँदे अधिवेशनको अन्तिम बैठक हुने संसदीय सचिवालयले जनाएको हो।

आजको बैठकमा प्रतिपक्षी नेकपा (एमाले)ले सरकारले अयोग्य लडाकूहरुलाई रकम दिने विषयमा सरकारको ध्यानाकर्षण गराइरहेको छ।

केही समयपछि सरकारले त्यसको जवाफ दिने कार्यसूची रहेको छ।

यस्तै, सभामुख देवराज घिमिरेले १० वटा विषयगत समितिमा रहने सदस्यहरु पनि जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot