Logo

यूएईविरुद्ध आक्रमक देखिएको नेपाललाई वर्षा बाधक



काठमाडौं,१८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा यूएईविरुद्ध आक्रमक रुपमा वलिङ गरिरहेको नेपाललाई वर्षा बाधक भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले फिल्डीङ रोजेपछि ब्याटिङ गर्न आएको यूएई नेपालसामु निरीह देखिएको छ ।

पटक -पटक पानी पर्दै रोकिँदै गरिरहेको खेल पूर्णरुपमा नेपालको पकडमा आइसकेको छ ।

आज यूएईका आसिफ खान वाहेक अन्य खेलाडिले सम्झनलायक प्रदर्शन गर्न सकेका छैनन् । यूएईले २७.३ ओभरमै मात्र १०६ रनमै ९ विकेट गुमाइसकेको छ ।

यूएईको ब्याटिङ ध्वंस्त पार्नेक्रममा नेपालका ललित राजवंशीले उत्कृष्ट वलिङ गरेका छन् । ४.३ ओभर वलिङ गरेका उनले जम्मा ५ रन खर्चेर तीन विकेट लिएका छन् ।

करण केसी र सन्दीप लामिछानेले दुई दुई विकेट लिँदा यूएईको एक महत्व्पूर्ण विकेट भने गुल्सन झाले लिएका छन् । भने अर्को एक विकेट सोमपाल कामीले लिएका छन् ।

आज वर्षा राकिएर पुनः खेल सुरू भएमा नेपालले यूएईविरुद्ध शानदार जित हात पार्दै सेप्टेम्बरमा पाकिस्तानमा हुने एसीया कपमा स्थान बनाउने निश्चित रहेको छ ।



प्रतिक्रिया दिनुहोस्