Logo

भोलि हुने नेपाल र यूएईबीचको खेल नि:शुल्क हेर्न पाइने



काठमाडौं,१८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत भोलि हुने नेपाल र यूएईबीचको बाँकी फाइनल खेल हेर्न दर्शकले टिकट किन्न नपर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आज टिकट काटेका दर्शकलाई पहिलो प्राथमिकतामा राखेर बाँकी रहेको टिकट अन्य दर्शकलाई नि:शुल्क उपलब्ध गराइने भएको छ ।

नेपालविरुद्ध यूएईले भोलि २७.३ ओभरबाट आफ्नो ब्याटिङ थाल्नेछ । आज खेल रोकिने बेलासम्म यूएईले २७.२ ओभरमा ९ विकेट गुमााएर मात्रै १०६ रन बनाएको छ ।

भोलि पानी परेर २० ओभर पनि खेल नहुने स्थिति भए सुपर ओभरमा नतिजा लिइनेछ । पहिलो सुपर ओभर टाई भए, दोस्रो सुपरओभर हुनेछ र, त्यो पनि नभए नेपालले एकदिवसीय वरियतामा माथि रहेको हैसियतले एसिया कपमा स्थान बनाउने छ ।



प्रतिक्रिया दिनुहोस्