Logo

सरकारलाई पूर्णता दिन प्रधानमन्त्री दाहाल एक्शनमा, बोलाए गठबन्धनको बैठक



काठमाडौं, २० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारलाई पूर्णता दिनेगरि अघि बढेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउनको लागि पहल थालेका छन् । चितवन–२ बाट उपनिर्वाचन जितेका रास्वपा सभापति रवि लामिछानेले पनि सरकारमा सहभागी हुने चाहना गरेपछि दाहालले गठबन्धनमा रहेका दलहरुसँग छलफल गर्न लागेका हुन् ।

लामिछानेले प्रधानमन्त्री दाहालसँगको भेटमा आफूहरु सरकारमा सहभागी हुन तयार रहेको बताएका थिए । हिजोमात्रै लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन् । सो भेटवार्तामा पनि सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । प्रधानमन्त्री दाहालले आज दिउँसो ३ बजे सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेर सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।

आजको बैठकमा रास्वपालाई सरकारमा सहभागी गराउने विषयमा छलफल हुने छ । रास्वपा सरकारमा सहभागी भए अहिलेका मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुनेछ । रास्वपाले साविककै मन्त्रालय मागेको छ । जसमा प्रधानमन्त्री दाहाल सकारात्मक छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot