Logo

सभापति देउवाले गरे रिजाललाई केन्द्रीय समिति सदस्यमा मनोनित



काठमाडौं, २२ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. मिनेन्द्र रिजाललाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका छन् ।

१४औं महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीमा पराजित बनेका रिजाललाई लामो समयसम्म केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरिएको थिएन ।

तर, पछिल्लो समय सभापति देउवा र रिजालबीच सहकार्यको चर्चा चलेको बेलामा उनलाई उक्त पदमा मनोनित गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot