Logo

बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक आज : झण्डै दुई हजार पाहुना सहभागी हुँदै



काठमाडौं, वैशाख २३ । बेलायतका राजा चार्ल्स तृतीयले आज राजमुकुट (श्रीपेच) पहिरिदै छन् । उनले लन्डनको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा राज्याभिषेक समारोहमा २ दशमलव २३ किलो तौलको सुन र हीरा जवाहरात जडित श्रीपेच पहिरिन लागेका हुन्।

समारोहमा विश्वका नेताहरु, राजपरिवारका सदस्यसहित झण्डै दुई हजार पाहुना सहभागी हुँदैछन् । समारोहमा राजा चार्ल्स तथा उनकी पत्नी क्वीन कन्सोर्ट क्यामिलालाई श्रीपेच पहिर्‍याइने छ । राज्याभिषेकको बेला मात्रै पहिरिने श्रीपेच पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उनको राज्याभिषेकमा पहिरिएकी थिइन् ।

बकिङ्घम दरबारबाट सवारी यात्रा सुरु हुनेछ । झण्डै दुई घण्टाको समारोह विभिन्न चरणमा हुनेछ । समारोहको अन्तिम चरणमा राजाले गद्दी आरोहण गर्ने कार्यक्रम छ । राजतन्त्रको विरोध गर्नेहरूको अवरोधलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको बीबीसीले जनाएको छ । बेलायतको इतिहासमै सबैभन्दा बढी ७ दशकसम्म शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा गएको सेप्टेम्बरमा निधन भएपछि उनका छोरा ७३ वर्षका चार्ल्सले राज्यारोहण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot