Logo

आधा घण्टा भैरहवाको आकाशमा फन्को लगाएर काठमाडौं फर्कियो यतीको जहाज



काठमाडौं, वैशाख २५। काठमाडौंबाट भैरहवाको उडान भरेको यती एयरको जहाज भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नपाएपछि काठमाडौं नै फर्किएको छ । श्री एयरलाइन्सको जहाज विमानस्थलको रनवेर्मै रोकिएका कारण आधा घण्टाभन्दा बढी समय आकाशमै फन्को लगाएर जहाज पुनः काठमाडौं फर्किएको हो ।

भैरहवाबाट काठमाडौंका लागि उडान भरेको श्री एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै भैरहवा नै फर्केर गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको थियो। जसका कारण यतीको जहाजले अवतरण गर्न पाएन। भैरहवाबाट ९ बजेर ४० मिनेटमा काठमाडौंका लागि उडेको जहाज १० बजे पुनः भैरहवा फर्केर आकस्मिक अवतरण गरेको थियोे।

जहाज के खराबी आयो भन्ने अहिलेसम्म पत्ता लागेको छैन। भैरहवा एयरपोर्टको रनवेमै जहाज रोकिएपछि एयरपोर्ट बन्द गरिएको छ। जहाजमा पावर समेत नहुँदा पार्किङ वे मा लैजान सकिनएको छैन । अहिले जहाज तान्नलाई प्रयास भइरहेपनि यात्रुलाई जहाजबाट ओरालिएको छैन। भैरहवा विमानस्थल सञ्चालनका लागि गतवर्ष जेठ २ गते काठमाडौंबाट भैरहवा अवतरण भएको नेपाल वायुसेवा निगमको जहाजसमेत विमानस्थल उद्वघाटनकै दिन रनवेमै रोेकिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot