Logo

फरार रायमाझीलाई पक्रन देशभर पत्राचार



काठमाडौं, वैशाख २६। जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा (एमाले) का सचिव एवं पुर्व मन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्न देशभरका प्रहरी निकायमा पत्राचार गरेको छ ।

काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि रायमाझी फरार रहेका छन् । उनको खोजीमा केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि परिचालन गरिएको छ ।

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले पोलेका व्यक्तिहरुको आजबाट बयान लिन सुरु गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot