Logo

संयुक्त राष्ट्रसंघ एजेन्सीको अमुनामः सुडानबाट १ लाख इथियोपियाली स्वदेश फर्किन सक्ने



आदिस अबाबा, ३१ वैशाख । सुडानबाट एक लाख इथियोपियालीहरू र करिब ३० हजार तेस्रो देशका नागरिकहरू इथियोपिया प्रवेश गर्ने प्रक्षेपण गरिएको छ । मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्रसंघको कार्यालयले सो अनुमान गरेको हो।

सुडानबाट इथियोपिया प्रवेश गर्ने व्यक्तिको सङ्या सुडानमा हाल चलिरहेको राजनीतिक अवस्थाका कारण बढ्न सक्ने पनि प्रक्षेपण गरिएको छ । अहिलेसम्म यस्ता व्यक्तिहरूको सङ्ख्या १८ हजार ५०० नाघेको छ । सुडानबाट छिमेकी इथियोपियामा मानिसहरूको आगमनको बारेमा पछिल्लो स्थिति बढ्दो क्रममा छ ।

अप्रिलको मध्य देखि नै सुडानबाट आउने मानिसहरूलाई इथोपियाले आश्रय दिरहेको छ । इथियोपियाबाट फर्केकाहरू, तेस्रो-देशका नागरिकहरू, साथै सुडानीहरू अम्हारा, बेनिशाङ्गुल गुमुज र गाम्बेलाका क्षेत्रहरूमा सीमा पार गर्ने बिन्दुहरू मार्फत यहाँ प्रवेश गरिरहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्