Logo

क्यान्सर रोगको रोकथामका लागि धुम्रपान नगर्ने संकल्प गरौंः ऋषि धमला



काठमाडौं, ३१ वैशाख । नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको चिकित्सकहरुले बताएका छन् । क्यान्सर हुनुको ८० प्रतिशत कारण धुम्रपान र मध्यपान भएको पनि चिकित्सकहरुको भनाई छ ।

आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा नेपाल, सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालको सहकार्यमा आयोजित धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी विशेषज्ञ चिकित्सकहरुसँगको अन्तरक्रिया कार्यक्रमा बोल्दै चिकित्सकहरुले धुम्रपान नियन्त्रण गर्नसके क्यान्सर हुने सम्भावना ८० प्रतिशत घटेर जाने बताएका हुन् ।

सुर्तीजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगहरुको रोकथाप र उपचार सम्बन्धमा विज्ञहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष पत्रकार ऋषि धमलाले सबै नेपालीहरुले धुम्रपान नगर्ने संकल्प गर्न आवश्यक रहेको बताए । धुम्रपान र मध्यपान नियन्त्रण आजको आवश्यकता भएको उनको भनाई छ । साथै, क्यान्सर रोगको निदानका लागि सरकारले आगामी बजेटमा व्यवस्था गर्नुपर्ने पनि धमलाले जोड दिए ।

‘नेपालमा पछिल्लो समय धुम्रापान र मध्यपानका कारण धेरै प्रकारका रोगहरु देखिएका छन् । खतरनाक रोगका रुपमा क्यान्सर देखा परेको छ । नेपालमा क्यान्सर रोगको वर्तमान अवस्था र रोकथामका विषयमा आज हामी छलफल गर्दैछौं । मैले शीर्ष नेताहरुसँग अन्तरवार्ता लिँदा पनि संकल्प गर्ने गरेको छु । धुम्रपान र मध्यपान नियन्त्रण आजको आवश्यकता हो,’–धमलाले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot