Logo

लुनिभाः बाल सरोकार समूहद्वारा २१ विद्यालयका ४ सय ५० विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान



काठमाडौं, ६ जेठ । लुनिभाः बाल सरोकार समूहले २१ विद्यालयका ४ सय ५० बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । ललितपुरका शनिबार आयोजित कार्यक्रममा ललितपुर क्षेत्र नं–३ (ख) का प्रदेश सभा सदस्य प्रेमभक्त महर्जनले सामाग्री हस्तान्तरण गरेका हुन् ।

लुनिभाःको वार्षिक भेलामा २१ विद्यालयका ४ सय ५० गरिब र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । संस्थाले वार्षिक भेला आयोजना गरी शैक्षिक सहायता कार्यक्रम अन्तर्गत शैक्षिक समाग्री वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ललितपुर प्रदेश सांसद महर्जनले बालबालिकाको शैक्षिक उन्नयनको लागि लुःनिभाःले उल्लेखनीय योगदान गरेको बताए । ‘विपन्न बालवालिकालाई सहयोग गर्नु सबैको कर्तब्य हो । लुनिभाले सो कर्तब्य पुरा गरेको छ । २५ वर्षअघि स्थापना भएको संस्थाले सयांै बालबालिकालाई गरेको सहयोग प्रशंसनीय छ,’– उनले भने ।

प्रदेश सरकार र आफ्नोतर्फबाट संस्था र बालबालिकाको हितको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत उनले जाहेर गरे । फरक प्रशंगमा उनले आदर्श शौल युवक माविलाई प्रदेश सरकार र आफ्नो तर्फबट बजेट व्यवस्थापन गर्ने बताए । आदर्श शौल कलेजका अध्यक्षसमेत रहेका उनले निकट भविष्यमै स्नातक र स्नात्तकोत्तर तह संञ्चालन गर्ने बताए । खोकना, बुङ्गमती र भैसेपाटीलक्षित विद्यार्थीका लागि स्थापना गरेको सो विद्यालयमा सबै तहमा गरी करिब ३ हजार विद्यार्थी अध्ययन गरिरहेको उनको भनाई छ । प्रदेश सांसद महर्जन सो विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका छन् ।

कार्यक्रममा बोल्दै आदर्श शौल युवक माविका प्रअ ज्ञानभक्त महर्जनले लुनिभाले गरेको कामको प्रसंसा गर्दै यस किसिमको सहयोग निरन्तर जारी राख्न आग्रह गरे । उनले आर्थिक संकटको कारण अभिभावकलाई ठूलो समस्या परेको उल्लेख गर्दै त्यसको असर यो विद्यालयमासमेत परेको उल्लेख गरे । शैक्षिक समाग्री मात्र नभई छात्रवृति कार्यक्रमलाई अघि बढाउन उनले आग्रह गरे ।

कार्यक्रममा लुनिभाका कार्यकारी निर्देशक नरेन्द्र डंगोलले संस्थाले मुलुकको दुर्गम जिल्लाका बालबालिकालक्षित कार्यक्रम संचालन जारी राखेको बताए । ‘हामीले गरिब, जेहेन्दार र आर्थिक अवस्था अत्यन्तै कमजोर विद्यार्थीलाई छात्रवृति दिएका छौ । उनीहरुलाई शैक्षिक समाग्रीसमेत हस्तान्तरण गरेका छांै,’– डंगोलले भने ।

एसईई उतिर्ण करिब १ सय ५० बढि विद्यार्थीलाई छात्रवृति दिएको उल्लेख गर्दै विद्यार्थीलक्षित कार्यक्रमलाई थप व्यवस्थित गर्नेसमेत उनले बताए ।

लुनिभाका कार्यक्रम व्यवस्थापक सन्तराम डंगोलले २५ वर्षअघि स्थापना भएको संस्थाले सयांै बालबालिकाको शैक्षिक उन्नयनमा सहयोग जारी राखेको बताए । उनले भने– ‘हामीले दुर्गम जिल्लाका बालबालिकालाई निःशुल्क पढाएका छौं । उनीहरुलाई शैक्षिक समाग्री वितरण गरेका छौं ।’

सन् १९९७ मा स्थापना भएको लनिभाले निरन्तर सहयोग जारी राखेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot