Logo

माओवादी नेतृ यादवको दाबी : प्रचण्ड साक्षात् भगवान हो, रेनु दाहाल पार्टीको नेतृत्व लिन सक्षम हुनुहुन्छ (भिडिओसहित)



काठमाडौं, ७ जेठ । नेकपा (माओवादी केन्द्र) की नेतृ पूनम यादवले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई साक्षात् भगवानको संज्ञा दिएकी छिन् । पत्रकार ऋषि धमलाले ‘तपाईंले चिनेको प्रचण्ड व्यक्तिगत स्वार्थमा लाग्नुभएको छैन ?’ भनेर प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा राखेको प्रश्नमा यादवले भनिन्–‘उहाँ व्यक्तिगत स्वार्थमा लाग्ने नेता होइन, उहाँको नेचर देखेर यस्तो लाग्छ, उहाँ साक्षात् भगवान हो । कलियुगको भगवान हो, उहाँ ।’

उनले प्रधानमन्त्री दाहालले व्यक्तिगत र पार्टीको हितको लागि मात्रै काम नगरेको जिकिर गरिन् । उनले प्रचण्डपछि माओवादीको नेतृत्व कसले लिने भन्ने कुरा समयले बताउने स्पष्ट पारिन् । उनले माओवादीमा युवा पुस्ताले पनि नेतृत्व लिनसक्ने दाबी गरिन् । उनले भनिन्–‘मलाई त लाग्छ, प्रचण्डपछि युवा पुस्तामा रेनु दाहालले पनि पार्टीको नेतृत्व लिन सक्नुहुन्छ ।’

उनले रेनु दाहाल यो देशको पहिलो महिला प्रधानमन्त्री बन्नसक्ने पनि दाबी गरिन् । उनले रेनु दाहालले भरतपुर महानगरको नेतृत्व लिएपछि चितवनको विकासले गति लिएको र अहिले मुहार फेरिएको जिकिर गरिन् । उनले रास्वपा सभापति रवि लामिछानेलाई मिडिया चलाएर बस्दा नै ठीक हुने बताईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot