Logo

नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउन सांसद ढकालको माग (भिडिओसहित)



काठमाडौं, ७ जेठ । सांसद एकनाथ ढकालले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउन माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जान लागेको प्रसंग उल्लेख गर्दै भारत भ्रमणको क्रममा नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउन माग गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ढकालले यस्तो माग गरेका हुन् ।

उनले आफू केही हप्ताअघि भारतमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सुरक्षाकर्मीहरुको सबै सुरक्षा जाँच पास गरेर एयर इण्डियामा जाने क्रममा भारतीय सुरक्षा फौजबाट खानतलासी भएको स्मरण गराउँदै भने–‘एउटा सार्वभौमसत्तासम्पन्न नेपालको नागरिकको लागि यो कत्तिको शोभनीय विषय हो ? सम्माननीय प्रधानमन्त्रीज्यू चाहीँ भारत भ्रमण गर्दै हुनुहुन्छ, नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउनको लागि म ध्यानाकार्षण गराउन चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot