Logo

आन्दोलनरत पक्षलाई वार्तामा बोलाई समस्या समधान गर्न कोशी कांग्रेसको माग



काठमाडौं,११ जेठ । नेपाली कांग्रेस कोशी प्रदेश समितिले प्रदेशको नामाकरणको विरोधमा भईरहेको अशान्ती समाधान गर्न प्रदेश सरकारसँग माग गरेको छ ।

कांग्रेस कोशी प्रदेश समितिले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबैलाई वार्तामा बोलाई छलफलको माध्यमबाट निष्कर्षमा पुग्न आग्रहसमेत गरेको छ ।

‘आन्दोलनरत पक्षलाई प्रदेश सरकारको तर्फबाट धरपकट गर्ने, कर्फ्यु लगाउने, गोली हान्ने, लाठीचार्ज गर्ने तथा दुर्व्यवहार गर्ने कार्य रोक्न आग्रह गर्दै परिस्थितिलाई शान्त बनाउदै शान्तिपूर्ण निकास र समस्या समाधानको लागि सबै पक्षबाट सकारात्मक पहलको लागि आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । साथै कांग्रेसले आन्दोलनरत सम्पूर्ण पक्षलाई शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लंघन नहुने गरी आफ्ना जायज मागहरु राख्न आग्रह गरेको छ ।

कांग्रेसले आन्दोलनमा घाइते भएकाहरुको निःशुल्क उपचारके व्यवस्था मिलाउन माग गर्दै मृतकप्रति दुखसमेत व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्