Logo

२० मिनेटका लागि स्थगित संसद् बैठक अझै सुरू हुन सकेन



काठमाडौं,१२ जेठ । नेकपा एमालेले नारावाजी गरेपछि २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक १ घण्टा हुँदासम्म सुरू हुन सकेकोे छैन ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद् लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै एमालेले सत्यतथ्य छानविन गर्न माग गर्दै बैठक अवरोध गरेको हो ।

एमालेको अवरोध पछि छलफल गर्न भन्दै सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गरेका थिए ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले सरकारको नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्