Logo

उत्तम शान्ति पुरस्कार २०७९ डा.नवराज केसीको ‘शून्यको मूल्य’ कृतिलाई



काठमाडौं,१२ जेठ । यस वर्षको उत्तम शान्ति पुरस्कार वालरोग विशेषज्ञ डा. नवराज केसीको कृति ‘शून्यको मूल्य’लाई प्रदान गरिने भएको छ ।

उत्तम शान्ति पुरस्कार गूठीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै २०७९ सालको पुरस्कार केसीलाई प्रदान गर्ने निर्णय भएको जनाएको छ ।

गुठीका सभापति डा.पार्थिवेश्वर तिमिल्सिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘पुस्तकमार्फत अँध्यारो समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देशसहित कर्णालीका आमाहरूको दुःखपीडा, साहस र संघर्षलाई अत्यन्त मार्मिक, यथार्थपरक र आख्यानात्मक शैलीमा प्रस्तुत गरेबापत साहित्यकार डा.केसीलाई पुरस्कार दिने निर्णय गरेको छ।’

यस पुरस्कारको राशी एक लाख रुपैयाँ दरेको छ । गत वर्षको पुरस्कार गिरिश गिरीद्धारा लिखित आख्यान सत्यमोहनलाई प्रदान गरिएको थियो ।

पत्रकार उत्तम कुँवरको स्मृतिमा उनकी श्रीमती शान्ति कुँवरले यस पुरस्कारको स्थापना २०४४ सालमा गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्