Logo

बैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या ५५ लाख नाघ्यो



काठमाडौं,१४ जेठ । नेपालबाट रोजगारको लागि विदेश जान श्रम स्वीकृति लिने नेपालीको संख्या ५५ लाख नाघेको छ ।

आर्थिक सर्वेक्षण २०७९-८० अनुसार २०७९ को फागुन मसान्तसम्म नेपालबाट बैदेशिक रोजगारीको लागि विदेश जान नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ५५ लाख २६ हजार ७ सय ४ जना पुगेको छ । जसमध्ये ९४.४ प्रतिशत पुरुष र ५.६ प्रतिशत महिला रहेका छन् ।

बैदेशिक रोजगारिको लागि नेपालीहरुको प्रमुख गन्तब्य मुलुकको रुपमा मलेसिया,साउदी अरब,कतार र यूएई रहेका छन् ।

यी चार मुलुकले मात्र बैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको तीन चौथाई संख्या ओगटेको आर्थिक सर्वेक्षणले देखाएको छ ।

हालसम्म संस्थागत रुपमा बैदेशिक रोजगारिमा जान १११ देशलाई खुल्ला गरिएको आर्थिक सर्वेक्षणले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot