Logo

नयाँ गाडी र फर्निचर नकिन्ने सरकारको घोषणा



काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा नयाँ गाडी र फर्निचर नकिन्ने घोषणा गरेको छ।

सोमबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि संघीय संसद्‍को संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाश शरण महतले नयाँ गाडी र फर्निचर नकिन्ने बताएका हुन्।

यस्तै, अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधार ल्याउन नीतिगत र प्रणालीगत सुधार गरी आर्थिक गतिविधिमा बढोत्तरी ल्याएर अर्थतन्त्रलाई लयमा फर्काइने बताएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot