Logo

महिला टि-२० क्रिकेट : आज पुन नेपाल मलेसियासँग भिड्दै



काठमाडौं, जेठ १८ । महिला टि२० आई खेलमा नेपालले आज मलेसियासँग पुनः प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा बिजयी भएका नेपालले आज पुनः मलेसियासँग खेल्न लागेको हो ।

आजको खेल नेपाली समय अनुसार अहिले बिहान ८ः ४५ बजेबाट सुरु हुदैँछ । पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । आज नेपाल दोस्रो जीत निकाल्ने योजनासहित मैदानमा उत्रदैँछ ।

नेपाल र मलेसिया बीच हालसम्म ५ महिला टि-२० आई खेल भइसकेका छन् । जसमा नेपाल ४ र मलेसिया १ खेलमा विजयी भएको छ । सोही क्रममा चौथो र पाँचौं खेल भने शनिबार र आइतबार हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot