Logo

सूर्य थापाले किन लगाए गणतन्त्र जिन्दावादको नारा ?



काठमाडौं, १८ जेठ । नेकपा (एमाले) का सांसद सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको सन्दर्भमा हिजो भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटवार्ताको क्रममा छोरी गंगा दाहाल पनि सहभागी भएको विषयमा प्रश्न उठाएका छन् ।

उनले गंगा कुन हैसियतमा उक्त भेटवार्तामा बसेको हो ? भन्दै आक्रोश पोखेका छ्न । उनले भारतीय भूतपूर्व बुहारी भएको हैसियत र क्षमताको कारण बसेको हो ? भन्दै कडा टिप्पणी गरेका हुन् । थापाले पारिवारिक कूलीनतन्त्र खारेज गर्नुपर्ने माग गर्दै गणतन्त्र जिन्दावादको नारा लगाएका छन् । उनले फेशबुकमा लेखेका छन्

भारतीय भूतपूर्व बुहारी भएको हैसियत र क्षमताको कारण हो परराष्ट्र मन्त्रालयका उच्च अधिकारीलाई विस्थापित गरेको उहाँले ? अनि त कूटनीतिक दाउपेचमा निहुरिनु अनिवार्य भइहाल्छ। माओवादी पृष्ठभूमिका नेताहरूका केही स्वनामधन्य छोराहरूको भुमिका देखिएकै थियोे। भ्रष्ट कूलीनतन्त्रमा छोरी महोदयाको कुन भुमिका छ? नयाँदिल्लीमा स्पष्ट भएको छ। भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँगको भेट; हातमा न डायरी छ न त कलम, किन होला गजधम्म त्यहाँ ?? पारिवारिक कूलीनतन्त्र खारेज गर। गणतन्त्र जिन्दावाद।।



प्रतिक्रिया दिनुहोस्

Screenshot