Logo

तराईमा ‘लू’ को सम्भावना, अझै केही दिन तापक्रम यथावत रहने



काठमाडौं, जेठ २३ ।  हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति भने कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको ‍एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार अहिले बिहान सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

विशेष गरी मध्य तथा पूर्वी तराईका भू-भागहरूमा अधिकतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भू-भागहरूमा तातो हावा (लू) चलिरहेको महाशाखाले जनाएको छ। महाशाखाले अत्याधिक गर्मी, मेघ-गर्जनरचट्याङ्ग तथा हावा-हुरी बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस्