Logo

राष्ट्रिय सभाको बैठकमा आज प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने



काठमाडौं,२३ जेठ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक विहान ११ बजेर ११ मिनेटमा बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चार दिने भारत भ्रमणको बारेमा जानकारी गराउँदै सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र बाचन गरेर सुनाउनेछन् ।

आजनै त्यसपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०-०८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट०माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्